खड्का र विष्ट जापान प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जापान जान लाग्नुभएका तेक्वान्दोका अशोक खड्का र नन्द विष्टलाई बिदाइ गर्नुभएको छ । दुवैले जापानको ओसाकामा हुने जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ ।

खड्का र विष्टले ४० वर्षमुनि उमेर समूहको पुम्सेमा प्रतिस्पर्धा गर्नुहुने भएको हो । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहनुभएका खड्काले सोही प्रतियोगिताको ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुनेछ । अप्रिल २२ देखि २४ तारिखसम्म हुने प्रतियोगिताका लागि टोली बिहीबार जापान प्रस्थान गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?