शाओमीको नेपालमा पाँच वर्ष पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । सो अवसरमा कम्पनीले नेपाली ग्राहक वर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्राण्डले प्रतिबद्धता जनाएको छ ।

कम्पनीका अनुसार सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्राण्डमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इन्नोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्मार्टफोन उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ । साथै नेपालमा आफ्ना उत्पादन अफरिङ तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । विगत वर्षहरू जस्तै शाओमी नेपालले ग्राहक वर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलमा दुई हजार रुपैयाँसम्मको आकर्षक छुट प्रदान गरिरहेको छ ।

‘चाडपर्वको मुड, अफर टु गुड’ अफरअन्तर्गत शाओमी फ्यानबेसका लागि खुसी फैलाउन उक्त अफर घोषणा गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘हामी नेपालमा हाम्रो पाँचौँ वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रहृयो र हामी ग्राहकवर्ग तथा पार्टनरको विश्वास र समर्थनप्रति आभारी छौैँ । हामी आशा गर्दछौँ कि यो सपोर्ट भविष्यमा पनि जारी रहनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?