पाकिस्तानी ध्वजावाहक चरम आर्थिक संकटमा

Read Time = 2 mins

इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) चरम आर्थिक अभावबाट गुज्रिएको छ । विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान नउडाउने जोखिम बढेको जियो न्यूजले जनाएको छ । यदि विमानहरू ‘ग्राउन्डेड’ भएमा ३० भन्दा बढी उडान स्थगित हुनेछन् जसले आम्दानी स्रोत घट्दा आर्थिक संकटलाई बढाउने छ ।

इन्धन, फेडरल एक्साइज ड्युटी र ‘लिज’ (भाडा)रकम भुक्तानी समयमै नहुँदा १५ वटा विमान ग्राउण्डेड हुनसक्ने बाध्यात्मक परिस्थिति नआओस् भन्ने कामना सम्बद्ध अधिकारीले गरेका छन् ।

नागरिक उड्डयन मन्त्रालयले पिआईएको पुनर्संरचना गर्नु अति जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यस गर्न एक वर्ष लाग्ने बताएको छ तर, यो अवधिमा राष्ट्रिय ध्वजावाहकलाई सञ्चालन गर्नैपर्ने आवश्यकता रहेको जिओ न्यूजले जनाएको छ । गतसाता सरकारको सहयोगमा बैंकहरूले पिआईएलाई रकम उपलब्ध गराएपछि आफ्ना वित्तीय चुनौतिबाट क्षणिक राहत महसुस गरेको पिआईए पुनः समस्यामा परेको छ । यद्यपि प्राप्त रकम विमान र इन्जिन भाडाको लामो समयदेखिको बक्यौता, विदेशी विमानस्थलमा भएको खर्चको भुक्तानीहरू तिर्न प्रयोग गरिने जनाइएको छ ।

यसअघि पिआईएले भाडामा लिएका १३ वटा विमानमध्ये पाँच वटा ग्राउन्डेड गरेको थियो । पिआईएले करिब २३ अर्ब रूपैयाँ उपलव्ध गराउन सरकारसँग माग गरेको छ तर आर्थिक समन्वय समितिले त्यसलाई अस्वीकार गरेको थियो । गत जुलाईमा संघीय राजस्व बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढी कर नतिरेको भन्दै राष्ट्रिय ध्वजावाहकको खाता रोक्का गरेको थियो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?