काठमाडौ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनुभयाे । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ ।
लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र शनी सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ । यसअघि पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले आक्रामक रुपमा कारोबार सुरु गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच