युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह: निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गर्नुभएको छ ।

१५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाडौंको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई आग्रह गर्नुभयो ।अहिंसाको बाटोबाट निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उहाँको भनाइ छ ।

मानिसबाट भएको प्रकृतिको विनासबाट नेपाल मात्र नभएर विश्वमा बढेको जलवायु परिववर्तनले मानव सभ्यता संकटमा पर्ने जोखिम बढेको बताएका पूर्वराष्ट्रपति यादवले देश नै संकटमा पर्दा पनि अहिलेका नेतृत्वलाई मतलब नभएकाले अब युवा राजनीतिमा आउनुपर्ने बताउनु भएको हो ।

प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य, इन्धनजस्ता संकट बढेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?