पुस्तक : न्यौपानेको ‘काङ्ग्रेस र म’

सुशीला घिमिरे
Read Time = 6 mins

‘काङ्ग्रेस र म’ लेखनाथ न्यौपानेको नेपाली कांग्रेसमा आफ्नो संलग्नता र योगदानसम्बन्धी पुस्तक हो । उहाँको बारेमा विस्तृत रूपमा जान्न चाहनेहरूका लागि मात्रै होइन नेपाली काङ्ग्रेसको इतिहासको जानकारीसमेत यस पुस्तकबाट पाउँन सकिन्छ । यो जीवनी केन्द्रित पुस्तक हो । यस पुस्तकको प्रस्तुतकर्ताका रूपमा कृष्णमुरारी न्यौपाने रहनुभएको छ । डिएमआई साइजको यस पुस्तकको सम्पादन सहयोगी मधु आचार्य रहनुभएको छ । पृथ्वीमान श्रेष्ठको आवरण रहेको यस पुस्तकको आवरण आकर्षक छ ।

नेपाली काङ्ग्रेस भक्तपुरका नेता लेखनाथको जीवनी केन्द्रित पुस्तक भएका कारण उहाँको तस्विर आवरणमा राखिएको छ । पृष्ठभूमिमा नेपाली काङ्ग्रेसको चारतारे झण्डा रहेको छ । माथि ठूला नीला अक्षरमा ‘कांग्रेस र म’ भनेर पुस्तकको शीर्षक राखिएको छ भने तल सेता अक्षरमा उहाँको नाम दिइएको छ ‘लेखनाथ न्यौपाने’ भनेर । पृष्ठआवरण खाली छ कुनै कुरा दिइएको छैन । तल प्रकाशक नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भक्तपुरको नाम र पुस्तकको बारकोड दिएको छ । पुस्तकको प्रकाशक नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भक्तपुर रहेको छ भने यो पुस्तकको यो प्रथम संस्करण हो ।

हेर्दा यो व्यक्तिको जीवनी, विचार वा संस्मरण जस्तो लाग्छ तर यसमा राष्ट्रको एउटा प्रमुख र जिम्मेवार पार्टीको लामो समयसम्मको इतिहाससमेत समेटिएको छ । त्यसकारण यो इतिहासको पुस्तकसमेत हो । यो पठनीय र सङ्ग्रहणीय छ ।

पुस्तकको सर्वाधिकार प्रस्तुतकर्तामा रहेको छ । यो एक हजारको संख्यामा प्रकाशित छ । भूमिका खण्डमा बाइस र पाठ्य खण्डमा २७४ गरी पुस्तकमा २९६ पृष्ठ छन् भने पुस्तकको मूल्य व्यक्तिगत ५२५ र संस्थागत १००० रुपैयाँ छ । पुस्तक डिएमआई आकारमा छ र यसको लेआउट डिजाइन बिस्का कम्युटर सर्भिस ठिमी भक्तपुरले गरेको छ । पुस्तकको छपाइ स्तरीय छ, अशुद्धिहरू चाहिँ भेटिन्छन् । यस पुस्तकको मुद्रण मध्यपुर नाइन प्रेस न्यू प्लाजा काठमाडौंमा भएको छ । यस पुस्तको बाइन्डिङमा भने कमजोरी छ, पानाहरू छुट्टिएको पाइएको छ ।

भूमिका खण्डमा सुरुमा समर्पण रहेको छ र त्यहाँ ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई सहादत प्राप्त गर्ने अमर शहीदहरू र आन्दोलनका योद्धाहरूमा’ भनिएको छ । यसपछि नेपाली काङ्ग्रेस भक्तपरका तत्कालीन सभापति गणेशमान चक्रधरको ‘प्रकाशकीय रहेको छ भने नेपाली काङ्ग्रेसका तत्कालीन उपसभापति रामचन्द्र पौडेलको ‘भूमिका’ रहेको छ । यसैगरी भूमिका खण्डमै वरिष्ठ पत्रकार भैरव रिसालको ‘लेखनाथ न्यौपाने : यसै कृतिको सेरोफेरो’, प्रस्तुतकर्ता कृष्णमुरारी न्यौपानेको ‘पुस्तकको बारेमा’ रहेका छन् । भूमिका खण्डको अन्त्यमा पुस्तकनायक लेखनाथ न्यौपानेको ‘पुस्तक किन ?’ शीर्षकको विचार प्रस्तुत भएको छ । यसपछि विषयसूची रहेको छ ।

यस पुस्तकमा जम्मा दस वटा शीर्षकमा पाठ्यखण्ड दिइएको छ । ‘परिवार र आफन्त’, ‘२००७ सालको सेरोफेरो र मेरो राजनीतिक यात्रारम्भ’, ‘प्रजातन्त्रको घेषणा र त्यसपछिको सङ्क्रमणकाल’, ‘राजा महेन्द्रको बहुप्रयोग र प्रथम आमनिर्वाचन’ र ‘सशस्त्र संघर्षदेखि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिसम्म’ जस्ता शीर्षकमा उहाँको विचार, जीवनी र अनुभवहरू दिएको छ । यसैगरी अन्य ‘शीर्षकहरूमा पञ्चायतभित्र स्वतन्त्रताको लडाइँ’, ‘जनआन्दोलनदेखि राजा ज्ञानेन्द्रको कू सम्म’, ‘प्रतिगमनविरुद्धको आन्दोलन र गणतन्त्रको घोषणा’, ‘दोस्रो संविधानसभाको निर्वाचन र जनताको संविधान’ र ‘मेरा अतृप्त इच्छा र आकाङ्क्षाहरू’ शीर्षकमा विभिन्न पाठ्यअंश प्रस्तुत भएका छन् । अन्तिममा उहाँका निजी तथा विभिन्न व्यक्तिहरूसँगका फोटाहरू दिइएको छ ।

पुस्तकमा थोरै शीर्षक रहेका छन् तर तिनमा धेरै कुराहरू समेटिएका छन् । हेर्दा यो व्यक्तिको जीवनी, विचार वा संस्मरण जस्तो लाग्छ तर यसमा राष्ट्रको एउटा प्रमुख र जिम्मेवार पार्टीको लामो समयसम्मको इतिहाससमेत समेटिएको छ । त्यसकारण यो इतिहासको पुस्नकसमेत हो । यो पठनीय र सङ्ग्रहणीय छ । यसका लागि लेखक, प्रस्तुतकर्ता, प्रकाशक सबैलाई धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?