नबिल र पूर्वाञ्चल विश्वविद्यालयबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संसाधनको वृद्धि विकासका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउनेछ भने विश्वविद्यालयले मानव संसाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्नेछ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले भन्नुभयो, ‘पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियत दरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकाले सम्झौता दुवैको हितमा रहेको छ ।’ कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइराला, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?