म्याग्दीका दुर्गम गाउँमा विद्युतीकरणका लागि रु २० करोड बढी बजेट स्वीकृत

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा नपुगेका म्याग्दीका दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि संघीय सरकारबाट रु २० करोड ५७ लाख ९२ हजार बजेट स्वीकृत भएको छ ।

जिल्लाका सबै घरधुरीमा केन्द्रीय विद्युतिकरणको पहुँच पुर्‍याउने योजना अन्तर्गत नेपाल विद्युत प्राधिकरण मार्फत उक्त बजेट स्वीकृत भएर आएको गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशम जुग्जालीले जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्य जुग्जालीकाअनुसार नेपाल विद्युत प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत स्टिमेटका आधारमा प्राधिकरण मार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशीक कार्यालय पोखराले चालु आर्थिक बर्षमै ठेक्का प्रकृया मार्फत अघि बढाउने तयारी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले योजना कार्यान्वयन भएपछि जिल्लाका थप २ हजार १ सय ५८ घरधुरीमा केन्द्रीय विद्युति करणको पहुँच पुग्ने जानकारी दिनुभयो । गत बर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो ।

प्राधिकरणले स्विकृत गरेको बजेटबाट अन्नपूर्ण गाउँपालिकाको मोहरे, फुलवारी, रघुगंगा गाउँपालिकाको पात्लेखर्क, धवलागिरि गाउँपालिकाको मल्कबाङ, मराङ, बुल, लुलाङ र खिवाङ, मालिका गाउँपालिकाको घ्याङ्लेपानी, ओखरबोट, जेम, बुल, पात्ले, महभिर, चिउरीबोट, छापा, सिस्नेरी र लुक्सिपारमा विद्युतीकरण विस्तार गर्ने योजना रहेको प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?