मुलुकको अर्थतन्त्रमा गम्भिर संकट छैनः गृहमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर संकटमा नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर संकटमा नभएको बताउनुभएको हो । उहाँले सरकारले तत्कालिन समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउनु भयो ।
उहाँले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालिन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भयो ।

उहाँले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल अर्थतन्त्रमा देखापरेका समस्या समाधान गरी मुलुकको समृद्धिको यात्रा तय गर्नु हो । त्यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ । वर्तमान अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरुसँग गम्भिर छलफलको शुरुवात गरेको छ । सरकारले उद्योग वाणिज्य क्षेत्रका सबै संगठनहरु र सरकारका सम्बन्धित निकायहरुसँग छलफल गरी तत्कालिन अर्थतन्त्रमा देखापरेका समस्या सम्बोधन गर्ने पक्षमा लागि रहेको छ । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौं । मुलुकको अर्थतन्त्र गम्भिर संकटमा छैन । गम्भिर संकटमा नभए पनि केही समस्याहरु देखापरेका छन् । देखा परेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन् । अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न सरकारले केही स्टेप चालेको खण्डमा अर्थतन्त्र चलायमान बनाएर लैजान नसक्ने विश्वास रहेको छ । अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री लगायत अर्थ मन्त्रालयले राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरी रहेको छ । सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक छ ।’

गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?