पाल्पाको रानीमहलमा बीच भलिबल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पाल्पा तानसेनको रानीमहलनजिकै कालीगण्डकी नदीको किनारमा यसै महिनाको अन्तिममा राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता आयोजना हुनेभएको छ । आयोजक सञ्जय मेमोरियल फाउण्डेशनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगिताको दोस्रो संस्करण वैशाख २८, २९ र ३० गते हुनेछ ।

दोस्रो संस्करणमा महिला र पुरुष दुवैको गर्ने तयारी रहे पनि महिला टोली काभा वुमन्स च्यालेन्ज कपका लागि प्रशिक्षणमा रहेकाले यसपटक पुरुषतर्फको मात्रै आयोजना गर्न लागेको फाउण्डेशनकी अध्यक्ष निरोज मास्केले बताउनुभयो ।

यस प्रतियोगिता सात प्रदेश, तीन विभागीय र आयोजक गरी ११ टिमको सहभागिता रहनेछ । लिग र नकआउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडलसहित एक लाख ५० हजार, उपविजेता टिमलाई ट्रफी, मेडलसहित एक लाख रुपैया, तेस्रो हुने टिमलाई ट्रफी, मेडलसहित ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्ने र खेलाडीको बीमासमेत गरिनेछ । यस्तै प्रतियोगितालाई यसवर्ष सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?