विश्वकै धनी शहरमा न्युयोर्क

शीर्ष १० मा टोकियो, द ब्य एरिया, लण्डन, सिंगापुर, लस एन्जलस, हङकङ, बेइजिङ, सांघाई र सिड्नी

Read Time = 6 mins

एजेन्सी । हेन्ले एण्ड पार्टनर्सले विश्वका धनी शहरको सूची सार्वजनिक गरेको छ । यो करोडपतिहरू, सेन्टी-मिलियनहरू र अर्बपतिहरूसहित सबैभन्दा धनीहरूको घर हो । यसमा अमेरिकाको न्युयोर्क शहर पहिलो स्थानमा छ । विशेष कुरा के छ भने यो १०२३ को सूचीमा लण्डन मात्रै युरोपेली शहर हो ।

न्युयोर्क शहर
अमेरिकाको न्युयोर्क शहरमा तीन लाख ४० हजार करोडपति, ७२४ सेन्टी-मिलियनपति र ५८ अर्बपति छन् । यो संसारको सबैभन्दा धनी र धनीहरू बसोबास गर्ने शहर हो । यो शहरमा संसारका दुईवटा सबैभन्दा ठूला स्टक एक्सचेन्ज छन् । यो शहरमा ब्रोन्क्स, ब्रुकलिन, म्यानहट्टन, क्वीन्स र स्टेटन आइल्याण्डका पाँच टापुहरू रहेका छन् ।

टोकियो
जापानको टोकियोमा दुई लाख ९० हजार ३०० निवासी करोडपति, २५० सेन्टी-मिलियनपति र १४ अर्बपतिहरू छन् । यो सूचीमा धनीहरूको संख्याका आधारमा दोस्रो स्थानमा छ । विश्वका धेरै ठूला कम्पनीहरू टोकियोमा अवस्थित छन् र यसमा हिटाची, होन्डा, मित्सुबिशी, सफ्टबैंक र सोनी समावेश छन् ।

द ब्य एरिया
यसमा दुई लाख ८५ हजार करोडपतिहरूको घर रहेको सान फ्रान्सिस्को र सिलिकन भ्याली शहर समावेश छ । यसका साथै यस शहरमा ६२९ सेन्टी–करोडपतिहरू बस्छन । विशेष कुरा यो हो कि यसले अर्बपतिको संख्यामा न्युयोर्कलाई पनि पछाडि छोडेको छ । यहाँ अर्बपतिको संख्या ६३ छ । विश्वका धेरैजसो शीर्ष टेक कम्पनीहरू यस क्षेत्रमा अवस्थित छन् ।

लण्डन
सन् २००० मा लण्डन करोडपतिको संख्यामा विश्वको शीर्ष शहर थियो तर विगत २० वर्षमा यो सूचीबाट तल झरेको छ । यद्यपि, यसका बाबजुद पनि यसमा बेल्ग्राभिया, चेल्सी, हृयाम्पस्टेड, नाइट्सब्रिज, मेफेयर, रिजेन्ट्स पार्क र सेन्ट जोन्स वुडलगायत विश्वका केही विशेष आवासीय उपनगरहरू छन् । लण्डनमा दुई लाख ५८ हजार निवासी करोडपति, ३८४ सेन्टी-मिलियनर र ३६ अर्बपतिहरू छन् ।

सिंगापुर
सिंगापुरलाई विश्वको सबैभन्दा व्यापार-मैत्री शहरका रूपमा लिइन्छ र अर्बपतिहरू बसाइँ सर्ने शीर्ष शहरहरूमध्ये एक हो । भर्खरको हेन्ले वेल्थ माइग्रेसन ड्यासबोर्डका अनुसार, २०२२ मा करिब दुई हजार ८०० उच्च-नेट–वर्थ व्यक्तिहरू यहाँ बस्ने अपेक्षा गरिएको छ । सिंगापुरमा हाल दुई लाख ४० हजार १०० करोडपति, ३२९ सेन्टी-मिलियनर र २७ अर्बपति छन् ।

लस एन्जलस
लस एन्जलसमा दुई लाख पाँच हजार ४०० करोडपतिहरू साथै ४८० सेन्टी-मिलियनहरू र ४२ अर्बपतिहरूको घर रहेको छ । लस एन्जलस शहर साथै नजिकैको बेभर्ली हिल्स र मालिबुमा बस्ने धनीहरू पनि डाटामा समावेश छन् । ठूला उद्योगका साथै मनोरञ्जन, सञ्चार, घरजग्गा, रिटेल, प्राविधिक र यातायात सुविधाका हिसाबले पनि यो शहर अगाडि छ ।

हङकङ
हङकङमा एक लाख २९ हजार ५०० करोडपति, २९० सेन्टी-मिलियन र ३२ अर्बपति छन् । गत दशकमा कमजोर वृद्धिका बाबजुद यो शहर विश्वको शीर्ष वित्तीय केन्द्रहरूमध्ये एक रहेको छ, एसियाका धेरै धनी व्यवसायीहरूले अझै पनि यसलाई प्रमुख गन्तव्य मान्छन् । हङकङ स्टक मार्केट विश्वको सबैभन्दा महत्वपूर्ण स्टक एक्सचेन्जमध्ये एक हो ।

बेइजिङ
बेइजिङमा एक लाख २८ हजार २०० करोडपति, ३५४ सेन्टी-करोडपति र ४३ अर्बपति छन् । चीनको आधिकारिक राजधानी बेइजिङ विश्वका धेरै ठूला कम्पनीहरूको आधार पनि हो । यसको अर्बपति जनसंख्या विशेष गरी उच्च छ । न्युयोर्क शहर र खाडी क्षेत्रमात्र अर्बपतिहरूको संख्याको हिसाबले माथि छ ।

सांघाई
चीनको आर्थिक राजधानीका रूपमा व्यापकरूपमा चिनिएको सांघाई शहरमा एक लाख २७ हजार २०० करोडपति, ३३२ सेन्टी-मिलियन र ४० अर्बपतिहरूको घर छ । सांघाई स्टक एक्सचेन्ज बजार क्यापपछिका आधारमा विश्वको तेस्रो ठूलो स्टक बजार हो ।

सिड्नी
अस्ट्रेलियाको सिड्नी शहरमा एक लाख २६ हजार ९०० करोडपति बासिन्दा छन्, जबकि यहाँ १८४ सेन्टी-मिलियनपति र १५ अर्बपतिहरू बस्छन् । यस शहरले विगत २० वर्षमा विशेषगरी बलियो धनवृद्धि अनुभव गरेको छ र एसिया प्रशान्त क्षेत्रको सबैभन्दा धनी शहरका रूपमा उभिएको छ । यो बुम जारी रहने अपेक्षा गरिएको छ र २०४० सम्म सिड्नी विश्वको शीर्ष पाँच धनी शहरहरूको सूचीमा समावेश हुन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?