नयाँ स्टक कम्पनीका लागि हिमालयनको आवेदन

Read Time = 2 mins

काठमाडौं । हिमालयन स्टक एक्सचेन्जले शुक्रबार नेपाल धितोपत्र बोर्डको स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेपछि नयाँ स्टक एक्सचेन्जका लागि हिमालयनले आवेदन दिएको हो । कमोडिटी एक्सचेन्जका लागि आवेदन परेको छैन तर आवेदन दिने अन्तिम समयसीमा वैशाख १० गतेसम्म रहेको छ । बोर्डले गत असोज २ गते नै सूचना जारी गरेर आवेदन माग गरेकामा अदालतको आदेशपछि प्रक्रिया स्थगन भएको थियो । सर्वोच्च अदालतले सो सम्बन्धी रिट खारेज गरेपछि बोर्डले पुनः आवेदन आहृवान गरेको थियो । ब्रोकर लाइसेन्सका लागि भने ४६ कम्पनीले आवेदन दिएका छन् ।

हिमालयन स्टक एक्सचेञ्ज सञ्चालकमा उच्च व्यावसायिक घरानाको बाहुल्यता रहेको छ । हिमालयनमा प्रमुख सञ्चालकमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतिश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालस्थित आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाललगायत रहेको बताइन्छ । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडका छोरा विवेक दुगडलगायत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?