संविधानको कार्यान्वयन गर्न गठबन्धन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आफु गुल्मी–२ मा सबैको साझा उम्मेदवार भएको बताउनुभएको छ ।

शनिबार रेसुंगा नगरपालिका–२ मा चुनावी सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले काँग्रेस–माओवादीको उम्मेदवार सो क्षेत्रमा छैनन् भन्दै मतदातामा भ्रम सिर्जना गर्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको हो ।

‘हामी गठबन्धन मार्फत चुनावमा छौं, म काँग्रेसको पनि उम्मेदवार हो, माओवादीको पनि उम्मेदवार हो, जनमोर्चाको पनि उम्मेदवार हो,’ उहाँले भन्नुभयो,–‘ काँग्रेस र माओवादीको भोट पाएर चुनाव जित्छु भनेर ¥र्याल काढेर बसेकालाई हाम्रो साझा उम्मेदवार रामकुमारी झाँक्री हो, भनेर जवाफ फर्काउनुस् ।’ नेतृ झाँक्रीले राष्ट्रिय आवश्यकताका कारण साझा उद्देश्यका साथ संविधानको कार्यान्वयन गर्न गठबन्धन बनेकोे स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचन महङ्गो हुँदै गएको भन्दै मतदातालाई सामान जस्तो किनबेच गर्न खोज्ने तत्वसंग सचेत रहन पनि आग्रह गर्नुभयो । मतदातालाई वस्तुजस्तो किनबेच गर्ने प्रवृत्तिले प्रसय पाइरहे भोली समाजमा केही गर्छु भन्ने युवा निर्वाचनमा चुनाव लड्न नसक्ने अवस्था सिर्जना हुने बताउनुभयो । नेतृ झाँक्रीले भन्नुभयो,–‘वस्तुभाउ किनबेच गरेजस्तै मतदाताका भोट खरिद–विक्रि गरेर निर्वाचनमा भोट लुट्नेले, पछि राज्यको ढुकुटी लुट्न सक्छन् । त्यस्ता तत्वसंग सजग हुनुपर्छ ।’

सोही क्षेत्रका प्रदेश सभा (क) का उम्मेदवार भुवनप्रसाद श्रेष्ठले हरेकले राजनीति बुझ्न आवश्यक रहेको बताउनुभयो । अखण्ड लुम्बिनी प्रदेश निर्माणका नेतृत्वकर्ता समेत रहनुभएका श्रेष्ठले आफु कुनै पनि चुनौतीसंग नडराउने बताउनुभएको छ । अखण्ड लुम्बिनी प्रदेश निर्माण देखि जिल्लातहमा पूर्वाधार निर्माणको सुरुवात आफुले गरेको जिकिर गर्नुभयो ।

तत्कालिन समयमा जिल्लामै पहिलो पटक लिफ्टिङ्ग प्रविधि भित्र्याएर तम्घासका जनतालाई घरघरमा खानेपानीको सुविधा पु¥र्याएको भन्दै यस जिल्लाई नुमना बनाउन आफूसंग दुरगामी दृष्टिकोण रहेको सुनाउनुभयो । नेता श्रेष्ठले तत्कालिन समयमा गाविस अध्यक्ष हुँदा सानो बजेटबाट पनि विकासका थुप्रै योजनाहरुको सुरुवात गरेको स्मरण गराउनुभयो ।

जिल्लामा प्रथम पटक लिफ्टिङ्ग प्रविधि मात्र होइन, प्रथम पटक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरुवागत गर्ने कार्यको समेत आफुले नेतृत्व गरेको बताउनुभयो । राजनीति बुझ्न जरुरी छ । दिनको संकेत विहानीले गर्छ । आफुले देखेको सपना पुरा हुँदै जान थालेको बताए । धनी र गरिबका छोराछोरीले पढ्ने । अग्रजी विषय पढ्ने कुराको सुरूवात गरेको । उहाँले आफ्ना लागी नभई विकास र समृद्धि गुल्मी निर्माणका लागि आफ्नो जित हुनुपर्ने उल्लेख गर्नुभयो ।

यस क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार झाँक्रीसँग नेकपा एमालेका गोकर्ण विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र–२ (क) मा गठबन्धन साझा उम्मेदवार श्रेष्ठसँग एमालेका डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?