उषा केसीको मुक्तकसंग्रह ‘माकुरी’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । मुक्तककार उषा केसीको दोस्रो मुक्तकसंग्रह ‘माकुरी’ लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा शुक्रबार ललितपुरमा भएको एक कार्यक्रममा ‘माकुरी’को लोकार्पण गरिएको हो ।

मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष पवन आलोकलगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

स्रष्टा केसीले आफ्नी आमाको ९०औं जन्मदिनको उपलक्ष्यमा सो कृति प्रकाशित गर्नुभएको हो । यसमा ३०३ वटा मुक्तक छन् । कार्यक्रममा स्रष्टाका आमालाई जन्मदिनको उपलक्ष्यमा अभिनन्दन गर्दै उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गरिएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनले मुक्तकको छुट्टै पहिचानमा समस्या देखिएपछि प्रतिष्ठानले मुक्तक चतुश्पदीय शैलीमा लेखिनुपर्ने भनी एउटा मानक बनाएको बताउनुभयो ।

वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ पत्रकार राजन कार्की र समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्दै केसीका मुक्तकहरू चतुश्पदीय शैलीमा लेखिएका र तिनले राजनीतिक विकृति, देशप्रेम, माया र आमालाई विषय बनाएको बताउनुभयो ।

वरिष्ठ साहित्यकार पवन आलोकले आमाप्रति समर्पित छोरीबाट हामीले पनि धेरै कुरा सिक्नुपर्ने चर्चा गर्नुभयो । यसैगरी साहित्यिक पत्रकार संघका सदस्य नियात्राकार डा. दामोदर पुडासैनी र साहित्यकार मुरारी सिग्देलले पनि बोल्नुभएको उक्त कार्यक्रममा कविहरू निशा केसी र शान्ति शर्माले लोकार्पित कृतिबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा लेखिकाकी माता माकुरी पौडेलले फ्रेस नेपाल नामक सामाजिक संस्थाका लागि धन लोहारलाई १५ हजार पाँच रूपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार रुकु कार्की, दिव्य गिरी, ललिता दोषी, विधान आचार्य, राजबाबु श्रेष्ठ ‘सागर’, रुद्र पौडेल, रीता खत्री, राजन नेउपाने, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल, जानु धिताल, विमला अधिकारी, सावित्री श्रेष्ठ, नम्रता उप्रेतीलगायत ५० जनाभन्दा बढी सर्जकको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?