![सुनथराली विमानस्थल ३८ वर्षपछि दोस्रोपटक परीक्षण उडान, आज औपचारिक उद्घाटन](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/kalikot-parishan-udan.jpg)
काठमाडौं । राजेश खनालको संस्मरणको संगालो ‘घुरको धुँवा’ लोकार्पण गरिएको छ । काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा प्रा.डा.वीरेन्द्रप्रसाद मिश्रलगायतका व्यक्तिले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रा.डा.मिश्रले संगालोमा समेटिएका संस्मरणले आफूलाई ७० वर्षअगाडिको अवधिमा पुर्याएको सुनाउनुभयो । उहाँले यस पुस्तकले तराई-मधेससँग जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।
संविधानविद् प्रा.डा.विपिन अधिकारीले सामाजिक जीवनका विविध पक्ष समेटिएको यस संस्मरण कृतिमा मधेसमा प्रयोग गरिने भाषा, संस्कृति, परिवेशलगायत विषयवस्तु प्रस्तुत गरिएको बताउनुभयो । समालोचक प्रा.डा.ज्ञानु पाण्डेले आफूले खनालका फुटकर संस्मरण पढेको चर्चा गर्दा कृतिकारले उठाएका सन्दर्भसँग आफू पनि जोडिन पुगेको स्मरण गर्नुभयो ।
कृतिकार खनालले साथीहरूको साथ र हौसलाले नै आफ्ना संस्मरण पुस्तकका रूपमा ल्याउन सकेको सुनाउनुभयो । कार्यक्रममा बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, नारायण घिमिरे, श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कँडेल हरित, देविका तिमिल्सिनालगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो । कृति कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले प्रकाशनमा ल्याएको यो कृतिको बिक्रीवितरणको जिम्मा स्वदेश प्रकाशनले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच