खरायो समाउन खोज्दा बसवाट लडेर मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

खोटाङ । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा-३ का ३८ वर्षीय दिनेश राईकाे मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँकाअनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?