काठमाडौं । साताको दोस्रो दिन सोमबार झिनो अंकले बढेको सेयर बजार मंगलबार भने उच्च अंकले घटेको छ । आइतबार २८.१८ अंकले घटेको नेप्से सोमबार ३.०४ अंकले बढे पनि मंगलबार भने १४.२९ अंकले घटेको छ । यस दिन दुई सय ८६ कम्पनीका २२ लाख ५८ हजार एक सय ८७ कित्ता सेयर कारोबार भएका छन् । सोमबार ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ रुपैयाँको कारोबार भएकोमा मंगलबार १२ करोड २८ लाखले घटेर ५७ करोड १४ लाखको मात्रै कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार कारोबारमा आएका १३ वटै समूहगत सूचक घटेका छन् । जीवन बिमाको इण्डेक्स सर्वाधिक १.४६ प्रतिशतले घटेको छ भने विकास बैंक ०.८५, लघुवित्त ०.८४, फाइनान्स ०.७९, जलविद्युत् ०.७८ र बैंकिङ ०.७४ प्रतिशतले घटेको छ । सोनापुर सिमेन्टको सेयर मूल्यमा लगातार तेस्रो कारोबार दिन नकारात्मक सर्किट लागेर प्रतिकित्ता दुई सय ५५ रुपैयाँ २० पैसामा झरेको छ । त्यस्तै एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ भने मेरो माइक्रो फाइनान्सको ४.४३, बिपिडब्लु लघुवित्तको ४.३६ र मेन्छियम हाइड्रोपावरको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका कम्पनीमा सर्वाधिक महुली लघुवित्तको सेयर मूल्यमा सर्वाधिक ६.०५ प्रतिशतले बढेर सात सय ७१ रुपैयाँ पुगेको छ । अन्य तीनवटा कम्पनीको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा धेरैले बढेको छ । एभरेष्ट बैंकको नन्कन्भर्टिबल डिबेञ्चरको मूल्य ३.९०, हाथवे इन्भेष्टमेन्टको ३.४५ र सिवाइसी नेपाल लघुवित्तको ३.४२ प्रतिशतले बढेको हो । किसान लघुवित्तको सेयर मूल्य २.७९ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको एक करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको एक करोड ६५ लाख, नबिल बैंकको एक करोड ४८ लाख, सिद्धार्थ बैंक संस्थापक सेयर एक करोड ४५ लाख र हिमाल दोलखा हाइड्रोपावरको एक करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रभु स्मार्ट फण्ड इकाईको सर्वाधिक एक लाख १७ हजार तीन सय कित्ता कारोबार भएको छ । दोस्रोमा हिमाल दोलखा हाइड्रोपावरको एक लाख १० हजार आठ सय २० कित्ता, सिद्धार्थ बैंक संस्थापक सेयरको एक लाख कित्ता, नबिल इक्युटी फण्डको ९९ हजार छ सय १९ कित्ता र नेसनल हाइड्रोपावरको ७८ हजार तीन सय ८२ कित्ता सेयर कारोबार भएको छ । मंगलबारको गिरावटपछि कुल बजार पुँजीकरण २२ अर्ब दुई करोड ७५ लाखले घटेर २८ खर्ब ७१ अर्ब ९८ करोड ७९ रुपैयाँमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच