पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा वर्ष सम्मान तथा पुरस्कार प्रदान

परममाया/कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार दाहाललाई अर्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कार यस वर्ष पनि प्रदान गरेको छ । शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा गजलकार एवं साहित्यकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा विभन्न सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानले ‘परममाया/कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार’ वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई अर्पण गरेको थियो । यस्तै, ‘पुष्पपराग वर्ष सम्मान-२०७९’ साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो । पुरस्कार तथा सम्मान प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा अर्पण गरिएको हो ।

प्रतिष्ठानले ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ शोभा दुलाललाई, ‘नील-गंगा भाषा साहित्य पुरस्कार’ शरदचन्द्र वस्तीलाई, ‘पद्मावती गीतसंगीत पुरस्कार’ हरिदेवी कोइरालालाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार’ संगीतकार सत्यकला राईलाई प्रदान गरेको थियो ।

डा.प्रदीप मैनालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानद्वारा ‘कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार’ छेवांग तेञ्जिङ लामालाई र गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट योगदान पुर्‍याउने एकजनालाई प्रदान गरिने मानार्थ सदस्यता साहित्यकार डा.भोजराज घिमिरेलाई तथा ‘पुष्पपराग युवा साहित्य सम्मान’ डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?