नेपालमा लुकेर बसेका भनिएका अमृतपाल सिंह भारतमै परे पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा लुकेर बसेका भनिएका खलिस्तान समर्थक अमृतपाल सिंह भारतमै पक्राउ परेका छन् । पन्जाबका प्रहरी अधिकृतहरुले उनी पक्राउ परेको पुष्टि गरेका छन् ।

यसअघि नेपालस्थित भारतीय दूतावासले अमृतपाल सिंह नेपालमा लुकेर बसेको दावी गरेको थियो । तर, नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ ।

लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए ।

उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?