सुनको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ । यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?