काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड – २०७९ मा सातजना सञ्चारकर्मी सम्मानित हुनुभएको छ। विमेन्स एरा मिडिया ग्रुप नेपालले काठमाडौंमा शनिबार गरेको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड– २०७९ कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीतरसंगीत कला पत्रकारिता सम्मान – २०७९’ बाट सम्मान गर्नुभएको हो। उहाँहरुलाई दोसल्ला, माला र सम्मानपत्रबाट सम्मानिनत गरिएको हो ।
लामो समयदेखि निष्ठा र समर्पणभावका साथ मनोरञ्जन पत्रकारितामार्फत सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थान तथा समाज तथा आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै उहाँहरुलाई सम्मान गरिएको आयोजक विमेन्स एरा मिडिया ग्रुप नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच