चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं २ मा उजुरी दिनुभएको हो । रास्वपाका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको, मत मागेकाे भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ ।
उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर भयभित बनाएको आरोपसहित कांग्रेसले चितवनका सीडीओमाथि पनि कारबाहीको माग गरेको छ । मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडिओ/भिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्नेरगराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा भनिएको छ ।
किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।
हेर्नुहोस् उजुरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच