आत्मबल छ तर हातमा बल छैन : मदनकृष्ण

Read Time = 4 mins

काठमाडौं । वरिष्ठ हास्य अभिनेता मदन कृष्ण श्रेष्ठ सधैं जागरिला र हँसिला देखिनुहुन्छ । उहाँको मुहारमा कहिल्यै नैरास्यता देखिदैन । सधैं सकारात्मक सोच राख्नुपर्छ र सबैको भलो चिताउनुपर्छ भन्ने सोच राख्ने मदनकृष्णले मंगलबार आफ्नो ७२औं जन्मदिन मनाउनुभयो ।
कहिल्यै कसैलाई गाली नगर्ने र शान्त स्वभावको भन्दै मदनकृष्णको जन्मदिन सेलिब्रेशन उहाँको स्वभावको प्रशंसा गरियो । त्यसो त महजोडी कै स्वभावलाई लिएर हरेकजसो कार्यक्रममा प्रशंशा हुने गर्छ । सबैजसो कलाकारले महजोडीको स्वभावबाट धेरै कुरा सिक्ने मौका पाएको भन्दै विभिन्न कार्यक्रममा बोलेको पनि पाइन्छ । मंगलबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा मदनकृष्णको जन्मदिन विशेष केक काटियो ।

सँगै रहनुभएका कलाकार शिवहरि पौडेलले अमेरिका यात्राको क्रममा मदनकृष्णले भनेको कुरलाई अनुशरण गर्दै हिँडेको बताउनुभयो । उहाँले कहिल्यै कसैसँग रिसाउन नहुने भन्दै आफूलाई सम्झाएको सम्झिनुभयो । ‘कहिले काँही हामीलाई रिस उठ्छ तर दाइ कहिल्यै रिसाएको देखेको छैन । कहिले काँही हामी रिसाएको देख्नुभयो भने च्याप्प समातेर यस्तो बोल्नु हुँदैन, रिसलाई निल्नुपर्छ भन्नुभयो’, शिवहरीले भन्नुभयो, ‘रिसलाई बाहिर ब्यक्त गर्नुहुँदैन, रिस एकैछिन आउँछ तर जिन्दगी भरलाई बिगारेर जान्छ ।’

मंगलबार काठमाडौंको रञ्जना मलमा अवस्थित रञ्जना हलमा मदनकृष्णकै स्वरमा रहेको गीत ‘एउटा सपना छ’ बोलको गीत विमोचन कार्यक्रममा मदनकृृष्ण श्रेष्ठले आफू शारीरिक रूपमा कमजोर भए पनि आत्मबल भने बलियो रहेको बताउनुभयो । मदनकृष्णकी छोरी सरना श्रेष्ठले पनि बुबाका लागि आफूले गीतसंगीतकै क्षेत्रमा केही गर्ने चाहना भएको भन्दै विभिन्न गीतकै काम गरिरहेको बताउनुभयो ।

जन्मदिनमा कलाकार मदनकृष्णले आफू शारीरिक रूपमा कमजोर हुँदै गएपछि आत्मबल बलियो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मनोबल बढेको छ तनोबल छैन म सँग, आत्मबल छ हातमा बल छैन ।’ उहाँले कसैले पछाडिबाट बोलायो भने पछाडि फर्कन तुरुन्तै नसक्ने तर शरीरलाई सिधा अगाडि बढाउन भने गाह्रो नहुने बताउनुभयो । उहाँको रञ्जना सिनेमा हलमा ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक कार्यक्रममै केट काटिएको थियो । उक्त गीतमा मदनकृष्णकै स्वर छ । सार्वजनिक गीत ‘एउटा सपना छ’ को लिजेन्ड्रि भर्सन हो । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । गीतको भिडियोमा मदनकृष्णसँगै आँचल शर्माले अभिनय गर्नुभएको छ भने भिडियो मदनकृष्णकी छोरी सरानाले निर्देशन गर्नुभएको हो ।

कार्यक्रममा मदनकृष्णकी छोरी आफैंमा गायिका सरानाले आफ्नो बाबाको इच्छा पूरा गर्दै गएको बताउनुभयो । ‘बाबाले सधैं मैले गीतसंगीतको क्षेत्रमा अझै धेरै गर्न बाँकी छ भन्नुहुन्छ, त्यो कुरालाई पूरा गर्न लागिरहेकी छु’, सरानाले भन्नुभयो, ‘मैले बाबाका लागि अरू केनै गर्न सक्छु र उहाँको चाहनालाई पूरा गर्दै गएकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?