तनहुँ १ को मतगणना आज साँझबाटै सुरु गरिने

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना आजै साँझबाट सुरु गरिने भएको छ । चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताउनु भयो

तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उहाँले बताउनु भयो। त्यहाँबाट मतपत्र आउनासाथ सर्वदलीय बैठक बसी गणनाको काम थालिने जानकारी उहाँले जानकारी दिनुभयो ।

मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुनेछ । यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको छ । यो कुल मतदाताको ५१ प्रतिशत हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?