दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

Read Time = 2 mins

वासिंटन । दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको जापानी पानीजहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानीजहाजमा एक हजारभन्दा बढी यात्री सवार थिए । सन् १९४२ मा उक्त पानीजहाजले ८५० युद्धबन्दी र करिब २०० नागरिक बोकेको थियो । जहाजमा को-को थिए भन्ने थाहा नभएपछि त्यसलाई पानीमै डुबाइएको थियो । पानीजहाजको भग्नावशेष यसै साताको सुरुमा फिलिपिन्सको दक्षिणी चीन सागरमा भेटिएको थियो ।

यो मिसन अष्ट्रेलियाको रक्षा मन्त्रालय, अष्ट्रेलियाको साइलेन्टवर्ल्ड फाउण्डेशनका समुद्री पुरातत्वविद् र डच समुद्री सर्वेक्षण कम्पनी फुग्रोका विज्ञको संयुक्त प्रयासमा अघि बढाइएको थियो । यसै महिनाको सुरुमा फिलिपिन्सको तटमा खोजी अभियान थालिएको थियो ।

त्यसबाट कुनै वस्तु वा मानव अवशेष नहटाइने बताइएको छ । अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले ट्विटमा उल्लेख गरेका छन्, ‘८० वर्षभन्दा बढी समयदेखि, सयौं अष्ट्रेलियाली परिवारले मोन्टेभिडियो मारुको समाचारका लागि पर्खिरहेका छन् । यो हप्ता एक असाधारण खोज प्रयासका लागि सम्बद्ध सबैलाई धन्यवाद, जहाजको अन्तिम विश्राम स्थान पत्ता लगाइएको छ ।’ रासस÷एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?