कालिञ्चोक गाउँपालिकाको पालिका केन्द्र कुविन्डे

हिमालय टाइम्स
Read Time = 2 mins

-नवराज शिवाकोटी
दोलखा । कालिञ्चोक गाउँपालिकाको पालिका केन्द्र कुविन्डेलाई तोकिएको छ । सोमबार सम्पन्न गाउँसभाले बहुमतले कुविन्डेलाई पालिका केन्द्र तोकेको हो ।

गाउँपालिका केन्द्र तोक्ने प्रयोजनकालागि सोमबार डाकिएको गाउँसभाले वडा नम्बर चार को कुविन्डेमा पालिका केन्द्र राख्ने निर्णय गरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले जानकारी दिनुभयो । पालिका केन्द्र कहाँ राख्ने भन्ने विषयमा विगत छ वर्ष देखि विवाद थियो । आफू निर्वाचित भएपछि केन्द्रको विवाद टुंगो लगाउने घोषणा गर्नु भएका अध्यक्ष शिवाकोटीको कार्यकालमा अन्ततः केन्द्रको टुंगो लागेको छ ।

कुविन्डे केन्द्र बनाउने पक्षमा उपस्थित जनप्रतिनिधिहरुको दुईतिहाई बहुमत पुगेको कालिञ्चोक गाउँपालिकाले बताएको छ । कुविन्डेलाई केन्द्र बनाउने पक्षमा ३२ मत परेको थियो भने विपक्षमा ९ मत तथा ६ जना तटस्थ रहेको गाउँपालिकाको भनाई रहेको छ ।

गाउँपालिका केन्द्र तोकिएसँगै कालिञ्चोकको प्रशासननिक केन्द्र कहाँ रहने भन्ने विवाद समाप्त भएको छ । केन्द्र राख्ने निर्णय भएको वडा नम्बर चारको कुविन्डे भन्ने स्थान चरिकोट–सिंगटी सडकसँग जोडिएको छ । गाउँपालिकाको केन्द्र तोक्न नसक्दा पालिकाको भवन निर्माण हुन सकेको थिएन । भवन अभावमा गाउँपालिकाले कालिञ्चोक गाउँपालिका वडा नम्बर आठको स्वास्थ्य चौकी भवनबाट सेवा दिइरहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?