धितोपत्र बजारका लागि सात कम्पनीको आवेदन

Read Time = 2 mins

काठमाडौं । विभिन्न सात कम्पनीले धितोपत्र बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएका छन् । स्टक एक्सचेन्ज सञ्चालनका लागि कम्पनी स्थापना गर्न तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीले बोर्डमा आवेदन दिएका हुन् ।

हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टकले आवेदन दिएको बोर्डले जनाएको छ । कमोडिटी मार्केट सञ्चालनका लागि मल्टी डेरिभेटिभ एक्सचेन्ज, मल्टी एसेट एण्ड डेरिभेटिभ, हिमालयन डेरिभेटिभ एण्ड एक्सचेन्ज र नेपाल मल्टी कमोडिटी एक्सचेन्ज लिमिटेडले आवेदन दिएका छन् । बोर्डले सिफारिसका लागि आवेदन माग गरेको आइतबार अन्तिम दिन हो ।

शुक्रबारसम्म हिमालयन स्टकले मात्र आवेदन दिएकोमा आइतबार नेसनल र अन्नपूर्णले आवेदन दिएको धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशन तेजप्रसाद देवकोटाले जानकारी दिनुभयो । बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवेदन मागेको थियो तर बोर्डको उक्त निर्णयविरुद्ध अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएपछि प्रक्रिया स्थगित भएको थियो । सर्वोच्चको चैत २६ गतेको फैसलाले रिट खारेज गरेपछि दर्ताका लागि बाटो खुलेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?