चितवन-२ : मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवन–२ को आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।

आचारसंहिता उलंघनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि रातिदेखि नै सुरु हुनु पर्ने मतगणनामा आज बिहानसम्म सहमति हुन सकेको छैन।

आज सर्वदलीय बैठक बोलाईएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।

सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी प्रजिअले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै आइतबारकांग्रेसले उजुरी गरेको थियो ।

सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?