सिन्धुलीमा आगलागीबाट चार घर जले, एक करोड १६ लाख बढीको क्षति

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । कमलामाई नगरपालिका–२ चियाबारीमा आगलागीबाट चार घर जलेका छन् । एक करोड १६ लाख २० हजार बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालका अनुसार सोमबार विहान १ बजे स्थानीय राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगलागीबाट उक्त क्षति भएको हो ।

श्रेष्ठको घर भाडामा लिएर किराना पसल चलाउँदै आउनु भएकी अम्बिका बुढाथोकीले पूजापाठ गरेर दियो बालेर छाडेको र त्यहीँबाट आगो सल्किएर आगालागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगालागीबाट व्यापाारी बुढाथोकीको किराना पसलको सामान, लत्ताकपडा, भाडावर्तन र नगद एक लाखसहित १५ लाख बराबरकाको क्षति भएको प्रहरी नायव उपरिक्षाक दाहालले जानकाकारी दिनुभयो । राजकुमार श्रेष्ठको घर पुर्णरुपमा जल्दा दश लाख बराबरको क्षति भएको उहाँको भनाई छ ।

त्यस्तै स्थानीय कौशल थापाको नगद दुई लाख ६० हजार, सुनचाँदीको गरगहना, होटलको सामान, फर्निचर, लत्ताकपडा भाडार्वतनसहित घर जल्दा ३२ लाख बराबरको क्षति भएको छ । अर्को योग बहादुर थापाको होटलको सामान, फर्निचर, लत्ताकपडासहित घर जल्दा २६ लाख बराबरको क्षति भएको र गंगा बहादुर थापाको नगद १३ लाखसहित घर र घरमा भएका सामान चल्दा ३३ लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

आगलागी भएको जानकारी पाउन साथ स्थानीयले कमलामाइ नगरपालिकाको दमकल माग गरेका थिए । उक्त दमकल डेढ घण्टा ढिलो पुगेकाले पनि आगो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति हुन पुगेको पीडितको आक्रोस छ ।

यो आर्थिक वर्षमा जिल्लाभरमा आगलागीबाट १९ घरगोठ जलेर नष्ट भएका र एक जनाको ज्यान भएको प्रहरीको तथ्यांक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?