बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राख्नुभएको छ । उहाँहरुबीचको मतान्तर साँघुरो छ । उहाँहरुबीच जम्मा २९ मतको मतान्तर छ ।
करैयामाई नगरपालिका–१, २ र ३ को सबै गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहले अग्रता कायमै राखेका हुन् । कुश्वाहाले १ हजार १४६ मत ल्याएर अग्रता लिँदा जसपा अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आमजनता पार्टीको अरुण ज्ञावालीले ११४ मत ल्याउनु भएको छ ।
बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच