तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता कायमै, कांग्रेसका भट्टराई र एमालेका खनाल निक्कै पछि पच्छ्याउँदै

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ ।

जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १७९०२ प्राप्त गर्दै अग्रता कायम राख्नुभएको हो ।

वाग्लेले सुरुवातदेखि नै अग्रता कायम राख्नुभएको छ । उहाँलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोबिन्द भट्टराईले १०२२८ मतका साथ पच्छ्याई रहँदा एमालेका सर्वेन्द्र खनालले ५८६६ मत प्राप्त गर्नुभएको छ ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?