भेटायोको वार्षिकोत्सव अफर

Read Time = 1 min

काठमाडौं । घर-घरमा आधारित सेवा, मर्मत तथा सम्भार एप भेटायो दोस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले ग्राहक अफर घोषणा गरेको छ । अफरअन्तर्गत एक ग्राहकले बम्पर उपहारस्वरूप एक तोला सुन जित्ने मौका रहेको छ । त्यस्तै, भेटायोको अन्य सेवामा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथै वैशाखभर निःशुल्क प्लम्बिङ सेवा प्रदान गर्ने भएको छ ।

भेटायोले हालसम्म १२ हजारभन्दा बढी प्रयोगकर्ता र तीन सय ५० भन्दा बढी सेवा प्रदायक संस्थासँग सहकार्य गरेको कम्पनीकी अंशु शाक्यले बताउनुभयो । साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मैनादेवी फाउण्डेसनसँग हातेमालो गरी विभिन्न वातावरणमैत्री काम गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?