दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा काँग्रेसका राजु खनाल निर्वाचित

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित हुनुभएको छ।

काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । खनालका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभयो । काँग्रेसका खनालले एमाले उम्मेदवार रानालाई १ हजार १ सय ६७ मतान्तरले पराजित गर्नुभएको हो ।

यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । १ हजार ४ सय ८५ मत बदर भएको थियो । यो जित संगै ६ प्रदेशसभा सदस्य रहेको जिल्लामा काँग्रेसले पहिलो खाता खोलेको छ ।

खनाल यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा पनि बिजयी हुनुभएको थियो । उहाँ २०७४ सालमा बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरासंग पराजित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?