फेरि आयो पार्ले फ्रुटी

Read Time = 1 min

काठमाडौं । भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले फेरि पनि नेपाली बजारमा आफ्नो उत्पादन फ्रुटी ल्याएको छ । पार्ले एग्रोले नेपालमै पहिलोपटक फ्रुटीको ब्राण्ड एम्बेसडरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई नियुक्त गरेको छ । फ्रुटी १२५ मिलिलिटर र २०० मिलिलिटर कार्टुन प्याक तथा १५० मिलिलिटर, २५० मिलिलिटर र ५०० मिलिलिटर पेट बोटलमा उपलब्ध रहेको छ ।

पार्ले एग्रोले स्याउको कार्बोनेटेड पेय ‘एप्पी फिज’ पनि ल्याएको छ । एप्पी फिजको ब्राण्ड एम्बेसडरमा भने अभिनेत्री प्रियंका कार्की रहनुभएको छ । एप्पी फिज १६०,, २५० तथा ५०० मिलिलिटर पेट बोटलमा उपलब्ध रहेको छ । नेपालमा पार्ले एग्रोले विशाल ग्रुपसँग सहकार्य गरेको छ । विशाल ग्रुपको साउथ एसियन वेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?