चितवन-२ : रवि कांग्रेसका श्रेष्ठभन्दा ३२ हजार बढी मतले अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि रहनुभएको छ ।

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाउनुभएको हो । दोस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाउनुभएको छ ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि हुनुहुन्छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित हुनुभएको थियो । तर उहाँको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?