शैक्षिक जनशक्ति पलायन हुनु शिक्षा नीतिको असफलता हो : प्रदेश सभा सदस्य पाठक

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । नेपालको शिक्षा नीति असफल भएको लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठकले बताउनु भयो । कक्षा १२ पास गरेका अधिकाश विद्यार्थीहरु बिदेश जान खोज्ने देसको लागी दु:ख भएको बताउदै पाठकले शैक्षिक जनशक्ति देशबाट पलायन हुनु शिक्षा नीतिको असफलता भएको प्रमाणित भएको र शिक्षा निति परिवर्तन गर्नु पर्ने बताउनु भयो । शिक्षा सुधार नगरी देश बिकास गर्न नसकिने बताउदै उहाँले बर्दघाट नगरले शिक्षा ऐन ल्याएर शिक्षामा सुधार गर्न खोजेको बताउनु भयो । सिपयुक्त र प्रबिधि मैत्री शिक्षा आजको आवश्यकता रहेको उहाँले भनाइ छ ।

राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षालाई प्रबिधिसङ्ग जोड्नका लागी शिक्षकलाई ल्याप्टप दिन लागिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ- शिक्षक साथीहरु अब चक डस्टर लिएर कक्षाकोठामा गएर होइन, अब कम्प्युटर र प्रोजेक्टरबाट शिक्षण सिकाइलाई अगाडी बढाउछौ । शिक्षकहरुको थोरै लगानीमा नगरले थप लगानी गरेर शिक्षकलाई ल्याप्टप प्रदान गर्ने लागिएको छ ।' बर्दघाट नगरपालिकाले सबै शिक्षकहरुलाई प्याप्टप पुर्‍याएर प्रबिधिसहितको शिक्षामा जोड दिने श्रेष्ठको भनाइ छ ।

स्वर्ण महोत्सवको पाचौं दिन पुर्व विद्यार्थिहरुलाई सम्मान गर्दै प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक बिक्रम खनाल र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले टीका, कदर पत्र र खादाले सम्मान गर्नु भएको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समितिका सयोजक बिक्रम खनालले सबैले साथ र सहयोगले कार्यक्रमको गरिमा बढाएको बताउनु भयो । स्वर्ण जयन्तीको अवसरमा राखिएका हरेक कार्यक्रमहरुमा स्थानीय अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको बताउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले भौतिक संरचना बनेर सकिएको बताउदै अब शैक्षिक सुधारमा लाग्ने बताउनु भयो । स्वर्ण महोत्सव सकिएपछि विद्यालयको गुणस्तर सुधारमा लाग्ने चापागाईंको भनाइ छ ।

कार्यक्रममा विद्यालयका अभिभावक र शिक्षकलगायत महिला र पुरुषबीच छुट्टाछुट्टै कुर्ची दौड प्रतियोगिता सम्पन्न गरेको छ । जस्मा प्रथम हुनेले नगद ३ हजार, द्वितिय हुनेलाइ नगद २ हजार तृतीय हुनेलाई नगद १ हजार पुरस्कार प्रदान गरियको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु दिपक खड्का र शर्मिला अर्यालले र विद्यालयका छात्र छात्राले गित संगीतको प्रस्तुति रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक छविलाल आचार्य र हरि घिमिरेले गर्नु भएको थियो ।

पौष २१ गते सम्म सञ्चालन रहने स्वर्ण जयन्ती महोत्सवमा प्रत्येक दिन बिभिन्न कार्यक्रम तथा प्रतियोगितासहित कार्यक्रम सम्पन्न गरिने विद्यालयका प्राचार्य पुस्पराज अधिकारीले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?