आज विश्व औ‌‌लो दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज विश्व मलेरिया दिवस । शून्य मलेरिया प्रदान गर्ने समय : लगानी, आविष्कार, कार्यान्वयनू भन्ने नाराका साथ विश्वभरी मनाइँदैछ ।

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औंलो) दिवस मनाइँदै छ।

नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ-सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारि फैलाउने गर्दछन्।

यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको संख्या आशा गरे अनुरुप घट्न भने सकेको छैन ।

यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको छ ।

हरेक डिसेम्बरमा मलेरिया पीडितहरूको बारेमा रिर्पोट सार्वजनिक गरिँदै आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो ।

२०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएकाा थिए । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया ९औंलोंं० भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया संक्रमित भेटिएका थिए । डब्लुएचओका अनुसार ९५ प्रतिशत मलेरिया संक्रमितहरु अफ्रिकामा भेटिएका हुन । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए, मलेरियावाट मृत्यु हुनेमा धेरै जसो अर्थात ८० प्रतिशत संक्रमित ५ बर्ष मुनिका बालबालिका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?