चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएकाे छ ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाउनुभयाे ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाउनुभयाे । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनु भएकाे थियाे । यस क्षेत्रमा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

गत आइतबार चितवन-२, बारा-२ र तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो । चितवन-२ मा रवि लामिछाने विजयी हुँदा उहाँकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ-१ बाट निर्वाचित हुनुभएकाे छ ।

उता बारा-२ मा भने गठबन्धन उम्मेदवार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?