चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गर्नुभएको छ ।

मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उहाँले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताउनु भयो ।

नेतृत्व सक्षम नभएमा हटाउने  भन्दै उहाँले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताउनु भयो ।

यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उहाँको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?