फास्ट ट्रयाकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने सरकारको निर्णय

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनु भयो ।

उहाँले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ । त्यो समितिले काम अघि बढाएको छ । छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रश्ताव समितिमा पठाउने निर्णय भएको छ । जग्गा कित्ता काटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?