रास्वपा दुई र जसपा नेपाल एक स्थानमा विजयी हुँदा एमाले सबै ठाउँमा तेस्रो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ ।

चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सक्नुभएन ।

उहाँले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याउनुभयो । सो निर्वाचन क्षेत्रबाट न्यौपानलाई १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने ५४ हजार १७६ मत ल्याएर बिजयी हुनुभयो भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिनुभयो ।

न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि पर्नुभएको छ ।

यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्नुभयो। उहाँले त १० हजार मत पनि कटाउन सक्नुभएन । उहाँ ८ हजार ४ सय ८८ मतमा सिमित हुनुभयो ।

सो निर्वाचन क्षेत्रमा रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित बिजयी हुनुभएको छ भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुग्नुभयो । बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि पर्नुभएको छ ।

उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगग्नुभयो । उहाँले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल हुनुभयो ।

सो क्षेत्रबाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याउनुभएको थियो भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभएको थियो ।

बिजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि पर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?