एसिसी प्रिमियर कप : आज ओमान-साउदी अरब, युएई र बहराइन भिड्‌दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा आज (बुधबार) दुई खेल हुँदैछ ।

मुलपानी मैदान र टियु मैदानमा समान १र१ खेल आयोजना हुँदैछ । मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र युएईबीच खेल हुँदैछ ।

उपाधी दावेदार युएईलाई सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने हुन्छ । बहराइन पनि आजको खेल जितेर सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का साउदी अरेबिया र ओमानबीच खेल हुदैछ ।

यस खेलमा जित हात पार्ने टोली नै सेमिफाइनल प्रवेश गर्ने हुँदा दुवैका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

यस समूहबाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइन प्रवेश गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?