भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जना प्रक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली गरी ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटमा इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख बिरेन्द्र के.सी.को नेतृत्वमा खटिएको प्रहरीले चिनी बरामद गरेकाे जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताउनु भयो ।

कारोबारमा संलग्न सिराहा धनगढीमाई-१ बस्ने वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

४२० बोरा (करिब २१ हजार केजी) चिनी बरामद गरिएको र आवश्यक अनुसन्धानका लागि राजस्व कार्यलय बुटवल पठाइएको डीएसपी पाण्डेले बताउनुभयो ।
बरामद भएको चिनीको बजार मूल्य करिब १६ लाख रुपैयाँ छ । चिनी ल्याएको ट्रक प्रहरी नियन्त्रणमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?