कालीकोट । कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह ‘भिजन’ ले गाउँपालिका शिक्षा समितिको निर्णयलाई कार्यान्वयन गर्नुभएको छ ।
कालीकोट जिल्लाका अधिकांश स्थानीय तहले सरकारी कर्मचारी, शिक्षक, बुद्धिजीवि, जनप्रतिनिधिका छोराछोरीलाई आफ्नै स्थानीय तहको सरकारी विद्यालयमा भर्ना गर्ने निर्णय गरेपछी महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले शिक्षा समितिको निर्णय कार्यान्वयन गर्नुभएको हो ।
उहाँले आफ्ना छोराछोरीलाई महावै गाउँपालिका-२ मा रहेको तिला नमुना माध्यमिक विद्यालयमा भर्ना गरेर शिक्षा समितिको निर्णय कार्यान्वयन गर्नुभएको छ । पालिका अध्यक्ष सिंहले छोरालाई ४ कक्षा र छोरीलाई ७ कक्षामा भर्ना गर्नुभएको हो ।
छोरा र छोरीलाई भर्ना गर्दै उहाँले भन्नुभयाे, ‘छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरिएको छ । शिक्षामा सुधार गर्ने जिम्मेवारी हाम्रो हो । मैले र तिला नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश शाहीले छोराछोरीलाई भर्ना गरेका छौं, अब पालिकामा रहेका सम्पूर्ण सरकारी कर्मचारी, जनप्रतिनिधिलगायतले भर्ना गर्नुपर्छ ।’
सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीलगायतले अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय शिक्षा समितिले गरेको थियो ।
सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति वा शिक्षकको रुपमा रहेका हुन्छन् तर आफ्ना छोराछोरी संस्थागत विद्यालयमा पठाउँदै आएका छन् । सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय ब्यवस्थापन समिति, अभिभावक संघका पदाधिकारीले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाए भने विद्यालयको शैक्षिक प्रणाली र व्यवस्थापनको निगरानी भई शिक्षाको गुणस्तरीयतामा वृद्धी हुँने बिश्वासका साथ अध्यक्ष सिंहलगायत प्रधानाध्यापक शाहीले आफ्ना बालबालिकालाई तिला नमुना माध्यमिक विद्यालयमा भर्ना गर्नुभएको हो ।
आफू सामुदायिक विद्यालयमा कार्यरत रहे पनि आफ्नो छोराछोरीलाई संस्थागत विद्यालयमा पढाएकाले शिक्षामा गुणस्तर वृद्धी नभएको गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, जनताको जिम्मेवारी बोकेका जनप्रतिनिधि र राज्यलाई सञ्चालन गर्ने कर्मचारीहरूले नै आफ्ना सन्तानलाई निजी विद्यालयमा राख्दा सामुदायिक विद्यालयमा आवश्यक सुधार आउन नसकेको भन्दै गाउँपालिकाले यो निर्णय गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच