कार्यसम्पादन मूल्याङ्कनमा मुगुम कार्मारोङ्ग उत्कृष्ट गाउँपालिका

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । कार्यसम्पादन मूल्याङ्कनमा मुगुका चार स्थानिय तह मध्य मुगुम कार्मारोङ्ग गाउँपालिका उत्कृष्ट पालिका भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा मुगुम कार्मारोङ्ग गाउँपालिका जिल्लाका अन्य ३ पालिका भन्दा उत्कृष्ट भएको हो ।

आगामी आव २०८१/०८२स मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गरि जिल्लागत प्रदेशगत र देशभर उत्कृष्ट पालिकाहरु घोषणा गर्दै आएको छ ।

यस्तै असार १० भित्र बजेट ल्याए/नल्याएको, असार ३० भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए/नदिएकोलगायत आधारहरु पनि आयोगले मूल्याङ्कन गर्छ ।

आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्ने गर्छ ।

आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्दछ ।

जिल्लाका चार स्थानीय तह मध्यमा मुगुम कार्मारोङ्ग पहिलो भएको छ । मुगुम कार्मारोङ्गले ३३ दशमलव २७ प्रतिशत अङ्क पाउँदा छायानाथ रारा नगरपालिकाले २४ दशमलव ४५ प्रतिशत, सोरु गाउँपालिकाले १९ दशमलव २२ प्रतिशत र खत्याड गाउँपालिकाले १८ दशमलव ९० प्रतिशत अङ्क पाएको वित्त आयोगले जनाएको छ ।

मुगुम कार्मारोङ्ग गाउँपालिका जिल्ला अन्य स्थानिय तह भन्दा विकट र सडक सन्जालमा नजोडिएको पालिकाको रुपमा चिनिन्छ । पालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाको नेतृत्व दोस्राे कार्यकाल हो ।

यहाँ कार्यरत कर्मचारीहरुलाई कुनै राजनैतिक दवाव नभइ नियम, कानुनको अधिनमा रहि गाउँ कार्यपालिका र गाउँसभाले अबलम्बन गरेका नीति, कार्यक्रम तथा योजना कार्यान्वयन स्वतन्त्र पुर्वक गर्न पाउने गरेको आफुले देखेको र भोगेको सुचना तथा प्रविधि अधिकृत सोवेन्द्र बहादुर मल्ल बताउनु हुन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
BHUM CHHIRING LAMA
BHUM CHHIRING LAMA
2024-02-22 1:33 pm

Thank you Good News

रिलेटेड न्युज

छुटाउनुभयो कि ?