अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको सत्ता साझेदार दल कांग्रेसको विरोध

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयप्रति सत्ता साझेदार ठूलो दल नेपाली कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गर्नुभएको हाे ।

आज सामाजिक सञ्जालमार्फत थापाले,  ‘राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।’ भन्नुभयो ।

साथै उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन समेत आग्रह गर्नुभएको छ ।

यस अघि आजै कांग्रेस नेता डा. शेखर कोइरालाले पनि अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गर्नुभएको थियो ।

कोइरालाले उनीहरुलाई पैसा होईन रोजगारी दिन आग्रह समेत गर्नुभएको थियो ।

‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।’ डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?