राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै महावीर पुन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राख्नुभएको छ । सामाजिक सञ्जालमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उहाँका पाँच मेडल लिलामका लागि राखिएको जानकारी गराउनुभएको छ । लिलामीबाट प्राप्त हुने सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ र सो रकमलाई वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने सामाजिक सञ्जलको पोष्टमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले कृषि औजार कारखानाको मर्मतसम्भार र मेसिनरी औजार थप्न पहिलोपटक अनुदान दिने भनेर अहिले आएर ऋण दिने भनेको उहाँले लेख्नुभएको छ । सोही पोष्टमा प्रतिक्रिया दिँदै पुनले लेख्नुभएको छ, ‘तीन वर्ष पहिला पनि बेच्न खोजेको हो । तर, त्यतिबेला कोरोनाले गर्दा कोही ग्राहक आएनन् । मूल्य त्यति हुनुपर्छ भन्ने छैन ।’

बोली लगाउनका लागि म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने लेखिएको छ । पुनले प्राप्त गर्नु भएको ‘द रामोन म्यागासेसे’ पुरस्कारको सुरुवाती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, ‘डा.हर्क गुरुङ पर्वतारोहण पुरस्कार’को मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

‘इन्टरनेट हल अफ फेम २०१४’ को सुरुवाती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ । यस्तै, ‘राष्ट्रदीप पदक’को मूल्य दुई हजार ५०० अमेरिकी डलर र ‘युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्ड’को मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?