लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरूको अझै छैन टुंगो

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ ।

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लाग्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यता, मन्त्रीहरूको भने अझै टुंगो लागिसकेको छैन । मुख्यमन्त्री गिरीले मन्त्रीहरूका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?