अयोग्य लडाकुलाई रकम होइन, सिप दिउँ: अध्यक्ष लिङदेन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले माओवादीका ‘अयोग्य लडाकु’लाई रकम छुट्याएको भन्दै आपत्ति जनाउनु भएकाे छ ।

माओवादीका बर्हिगमत लडाकुलाई २-२ लाखका दरले रकम दिने भन्दै कार्यबिधि बनाएर रकम छुट्टाएपछि अध्यक्ष लिङदेनले आपत्ति जनाउनुभएकाे हाे ।

‘निर्माण व्यवसायीहरुलाई साठी अरब भुक्तानी दिन बाँकी छ, विकास आयोजनाहरुको गति सुस्त छ, ऋणबाट चालु खर्च धान्नुपर्ने अवस्था छ,’ लिङदेनले भन्नुभयाे, ‘यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महंगो बैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अरबौं वितरणको तयारी सत्ताको चरम दुरुपयोग हो । अयोग्यलाई रकम होइन सिप दिउँ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?