बाजुरामा चट्याङ लागेर ३१ वर्षीय एक युवकको मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । बाजुरामा चट्याङ लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका-१ का ३१ वर्षीय युवक यमराज बिष्ट रहेका छन् ।

मङ्गलवार साझ अविरल वर्षा सँगै परेको चट्याङ लाग्दा बिष्टको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका थिए । राती करिब ८ बजे भैँसी खर्कमा बसिरहेका बेला नजिकै रहेको रुखमा एक्कासि चट्याङ परेर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना घटेको स्थल देउडा पाटन तर्फ प्रहरीको टोली मङ्गलवार राती १ बजे नै गई शव गाउँ ल्याइएको र अरू ठाउँ कहाँ कति क्षति भयो भन्ने बारे विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मङ्गलवार साँझ बाजुरामा हावाहुरी सँगै आएको अविरल बर्षाले स्थानीयको जनजीवन प्रभावित पारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?